Skip to main content

Eratopatrika

📆 २०८३ कार्तिक १७ गते 🕔 ०२ : ४०

हाम्रो बारेमा

सम्पर्क

📆 २०८३ कार्तिक १७ गते 🕔 ०२ : ४०
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन्। उनलाई आइतबार बिहान करिब ३ बजे काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासबाट पक्राउ गरिएको हो।

प्रहरी स्रोतका अनुसार अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले जबरालाई निवासबाटै पक्राउ गरेको हो। यद्यपि, उनलाई पक्राउ गर्नुको कारणबारे प्रहरीले हालसम्म औपचारिक रूपमा केही खुलाएको छैन।

जबराविरुद्ध तत्कालीन समयमा संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि उनी प्रधानन्यायाधीश पदबाट निलम्बनमा परेका थिए। २०७८ साल फागुनमा उनीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरिएको थियो।

महाअभियोग प्रस्तावपछि जबरा लामो समय निलम्बनमा रहेका थिए। पक्राउको पछिल्लो घटनाबारे थप विवरण भने सार्वजनिक हुन बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.