Skip to main content

Eratopatrika

📆 २०८३ कार्तिक १७ गते 🕔 ०३ : ३२

हाम्रो बारेमा

सम्पर्क

📆 २०८३ कार्तिक १७ गते 🕔 ०३ : ३२
एमाले केन्द्रीय कमिटीमा २९ सदस्य मनोनीत

एमाले केन्द्रीय कमिटीमा २९ सदस्य मनोनीत

✨ सारांश

  • नेकपा एमालेले केन्द्रीय कमिटीमा २९ जना नयाँ सदस्य मनोनीत गरेको छ।
  • ललितपुरमा चार दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावलाई अनुमोदन गर्दै यो निर्णय गरेको हो।
  • एमालेको विधानमा रहेको १० प्रतिशत सदस्य मनोनीत गर्न सकिने व्यवस्थाअनुसार सो निर्णय कार्यान्वयन गरिएको हो।
  • मनोनीत हुनेहरूमा विभिन्न दलबाट प्रवेश गरेका र यसअघि नै पार्टीमा रहेका नेताहरू समावेश छन्।
  • केन्द्रीय सदस्य मनोनयन प्रक्रिया र प्रस्तावित नामहरूमाथि एमाले उपमहासचिव योगेश भट्टराईले असहमति जनाउँदै नोट अफ डिसेन्ट लेख्नुभएको छ।

काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा चार दिनदेखि जारी केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका नाममध्ये २९ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो।

एमालेको विधानअनुसार केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य मनोनीत गर्न सकिने व्यवस्था छ। सोही व्यवस्थाअनुसार अध्यक्ष ओलीले सचिवालय बैठकमार्फत प्रस्ताव गरेका नामहरू केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेका थिए। छलफलपछि तीमध्ये २९ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरिएको हो।

मनोनीत हुनेमा विभिन्न राजनीतिक दलबाट एमालेमा प्रवेश गरेका नेताहरूका साथै यसअघि नै एमालेमा रहेका नेताहरू पनि छन्। एमाले सचिव महेश बस्नेतका अनुसार थप केही नेताहरूको नामसमेत पछि केन्द्रीय कमिटीबाट अनुमोदन गरिनेछ।

यता, केन्द्रीय सदस्य मनोनयनको प्रक्रिया र प्रस्तावित नामप्रति एमाले उपमहासचिव योगेश भट्टराईले असहमति जनाएका छन्। उनले मनोनयनसम्बन्धी निर्णयमा नोट अफ डिसेन्ट लेख्दै अध्यक्ष ओलीले प्रस्तुत गरेको प्रस्ताव तथा मनोनयनका लागि छनोट गरिएका नामप्रति आफ्नो फरक मत दर्ज गरेका हुन्।

मनोनीत २९ केन्द्रीय सदस्य

१. काशीनाथ अधिकारी
२. देवराज घिमिरे
३. बिमला धिमिरे
४. शिवमाया तुम्बाहाम्फे
५. हरि घिमिरे
६. प्रेम डंगाल
७. पासाङ शेर्पा
८. नरेन्द्र भट्टराई
९. शान्तिलाल महत
१०. नन्दलाल देवकोटा
११. पाल्तेन शेर्पा
१२. बिनोद पाण्डे
१३. पुष्पा श्रेष्ठ
१४. जानुका सिम्खडा
१५. कौशला खती
१६. मोहम्मद इस्तियाक राई
१७. प्रमोद यादव
१८. डा. अब्दुल हुसैन
१९. भवानी खापुङ
२०. दीपक साउद
२१. जया गोले
२२. बाबी चाम्लिङ
२३. श्रीप्रसाद शर्मा
२४. धर्म निरौला
२५. श्रुवराज विष्ट
२६. अर्जुन राई
२७. धर्म गिरी
२८. जी. गुरुङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.