Skip to main content

Eratopatrika

📆 २०८३ कार्तिक १७ गते 🕔 ०४ : ३१

हाम्रो बारेमा

सम्पर्क

📆 २०८३ कार्तिक १७ गते 🕔 ०४ : ३१
शिक्षण सिकाइ प्रभावकारी बनाउन एभरेष्टमा एआई तालिम

शिक्षण सिकाइ प्रभावकारी बनाउन एभरेष्टमा एआई तालिम

Everest School Equips Teachers with AI Tools

✨ सारांश

  • शिक्षकहरूले एआई टुल्सको प्रयोगबाट पाठ्यक्रमलाई रचनात्मक शैक्षिक सामग्रीमा रूपान्तरण गर्न र अध्यापनलाई प्रभावकारी बनाउन मद्दत पुग्ने बताएका छन्।
  • विद्यालयले आगामी शैक्षिक सत्रदेखि प्रत्येक कक्षामा 'स्मार्ट बोर्ड' जडान गर्ने योजना बनाएको छ।

विराटनगर — विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले शिक्षण सिकाइलाई आधुनिक र प्रभावकारी बनाउने उद्देश्यले आफ्ना शिक्षक तथा कर्मचारीहरूलाई कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी विशेष तालिम प्रदान गरेको छ।

तालिममा प्ले ग्रुपदेखि कक्षा १२ सम्म अध्यापन गराउने करिब १५० जना शिक्षक–शिक्षिका तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। उक्त प्रशिक्षण कार्यक्रमको सहजीकरण ‘माई सेकेण्ड टिचर’का कम्प्युटर विज्ञान विज्ञ प्रतिक प्रधान नेतृत्वको १३ सदस्यीय टोलीले गरेको हो।

कक्षा ३ देखि नै बेलायतको डिजी स्कुलअन्तर्गत एनसीसी कोर्स सञ्चालन गर्दै आएको यस विद्यालयले बदलिँदो प्रविधिसँगै कक्षाकोठामा एआई टुल्सको व्यावहारिक प्रयोग बढाउन यो तालिम आयोजना गरेको जनाएको छ।

तालिममा सहभागी शिक्षकहरूले सिकेका सीपले शिक्षण कार्यलाई सहज र नतिजामुखी बनाउने विश्वास व्यक्त गरेका छन्। शिक्षिका सुस्मिता कोइरालाले एआईका नयाँ टुल्सको प्रयोगबाट पाठ्यक्रमका विषयवस्तुलाई परियोजना र रचनात्मक शैक्षिक सामग्रीमा रूपान्तरण गर्न मद्दत पुग्ने बताउनुभयो भने अर्की शिक्षिका एलिसा अधिकारीले दैनिक अध्यापन प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउन तालिमबाट नयाँ ज्ञान हासिल भएको उल्लेख गर्नुभयो। यस्तै, भाइस प्रिन्सिपल कुन्दन पुरीले दैनिक पाठ योजना  निर्माणदेखि कक्षाकोठामा त्यसको सफल कार्यान्वयनसम्म एआई प्रविधि अत्यन्त उपयोगी सावित हुने धारणा राख्नुभयो।

हाल सबै कक्षाकोठामा इन्टरनेट, प्रोजेक्टर र ल्यापटपमार्फत पठनपाठन गराउँदै आएको विद्यालयले आगामी शैक्षिक सत्रदेखि प्रत्येक कक्षामा ‘स्मार्ट बोर्ड’ जडान गर्ने योजना बनाएको छ। प्रविधिको विकाससँगै विद्यालयलाई पूर्ण रूपमा प्रविधिमैत्री बनाउँदै लैजाने नीति अनुरूप यस्तो तयारी गरिएको प्रिन्सिपल टिकाराम पुरीले जानकारी दिनुभयो।

सूचना प्रविधि शिक्षालाई निरन्तर प्राथमिकता दिँदै आएको एभरेष्टले यसै शैक्षिक सत्रदेखि काठमाडौं विश्वविद्यालय (KU) सँगको सम्बन्धनमा ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (BIT) कार्यक्रमको अध्यापनसमेत सुरु गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.